काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनामा पीसीआर तथा ३ हजार ५ सय ५२ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहि कसैको पनि निधन भएको छैन । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १ पुगेको छ । आज बुधबार २ सय ३९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५ हजार २ सय २५जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।