काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७९४ जनाको पीसीआर तथा १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण भएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १ पुगेको छ ।

मङ्गलबार २६३ जना कोरोनाबाट सङक्रमिता भएका व्यक्तिहरु सन्चो भएका छन् । हाल देशभर ५ हजार ९४ जना सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १५६ जना, ललितपुरमा ४५ जना र भक्तपुरमा २१ जना सङक्रमित थपिएका छन् ।