फाइल तस्वीर

कपिलवस्तु – ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लोड गर्न जान मजदुर लिएर हिँडेको ट्याक्टर सडकदेखि अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा परी बलराम सुनार, कृष्ण विक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।