काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, यता तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले नै घट्दै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।