काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नौं हजार सात सय जनाको पीसीआर तथा २ हजार ७ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।


पछिल्लो २४ घण्टामा २ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९८ जना पुगेको छ ।


यसैगरी काठमाडौं उपत्यकामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ४० जना, ललितपुरमा २८ जना र भक्तपुरमा १६ जनामा सङ्क्रमत देखिएको हो ।
सोमबार २५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।