प्रतीकात्मक तस्वीर

कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल अत्तरियामा गए राति मृत्यु भएको प्रहरीचौकी बागफाटाले जनाइएको छ । आइतबार राति करिब साढे ९ बजे ’अन टेस्ट’ ट्याक्टर पल्टिएको थियो ।

ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी बागफाटाले जानकारी दिएको छ ।