काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ । आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९ दशमलव २९ ले बढेर ४ हजार ३१८ पुगेको हो ।

यस्तै,मध्य भोटेकोशीको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९दशमलव २९ प्रतिशतले बढेर रु.७४१ को पुगेको छ ।

यसैगरी,कर्पोरेट डेभलपमेन्ट बैंकको ७ दशमलव ७० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१७, किसान लघुवित्तको ७ दशमलव ३८ प्रतिशतले बढेर रु.१ हजार ३१०, मिथिला लघुवित्तको ७ दशमलव ३४ प्रतिशतले बढेर १ हजार ९५९ र श्री इन्भेष्टमेन्टको ७ दशमलव १४ प्रतिशतले बढेर रु.४२० पुगेको छ ।