काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ६२ जनामा पीसीआर तथा १ हजार ६ सय ६९ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय १८, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ । आज आइतबार २ सय ९ जना कोरोना भाइरसको सङ्क्रमणबा मुक्त भएका छन् भने हाल देशभर ४ हजार ९ सय ७१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।