काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ८५ जनामा पीसीआर तथा १ हजार १ सय ९९ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

आज शुक्रबार २ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ४ हजार ८ सय ७९ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।