काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय १४ जनामा पीसीआर तथा २ हजार ८३ जनामा एन्टिजेन परीक्षण भएकोमा २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार २ सय २८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।