काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार चार सय ३३ जनाको पीसीआर विधि र एक हजार एक सय ७५ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९० पुगेको छ । नेपालमा हाल चार हजार आठ सय ६४ जना सक्रिय सङक्रमित रहेका छन् भने बुधबार दुई सय ५३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित एक सय २३ जना थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुसार काठमाडौंमा ९२ जना ललितपुरमा १८ जना र भक्तपुरमा १३ जनामा कोरोना सङ्क्रमित थपिएका हुन् ।