काठमाडौं– लोक गायक गायिकाहरुले राजधानीमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा जुटेका छन् । अङग्रेजी नयाँ वर्षको अवसर पारेर उनीहरुले पुस १७ गते शनिबारका दिन ‘ह्यापी न्यू इयर २०२२’ नामक साङ्गीतिक कार्यक्रमको आयोजन गर्दैछन् । काठमाडौंको नागार्जुनस्थित हलचोकमा आयोजना हुन लागेको साङ्गीतिक कार्यक्रममा बालचन्द्र बराल, नवीन पौडेल, रामप्रसाद खनाल, अलिफ खान, दुर्गा रायमाझी, मिनाश्री लुङेली, सपना सुनाम, राजकुमार बाँनिया, सङ्गीत पौडेललगायत झण्डै तीन दर्जन बढी लोक गायक गायिकाहरुले साङ्गीतिक प्रस्तुति गर्ने भएका छन् । कार्यक्रममा लोकप्रिय गायक नवीन पौडेलको समेत विषेश प्रस्तुति रहने आयोजकले बताएका छन् ।

‘स्काई भ्यु रिसोर्ट’ मा मध्यान्ह १ बजेदेखि साँझसम्म आयोजना हुन लागेको कार्यक्रम उक्त साङ्गीतिक कार्यक्रममा थुप्रै लोक गायक गायिकाहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । लोक कला संस्कृतिको जगेर्ना गर्ने र नयाँ वर्षमा स्वदेशी तथा विदेशी पाहुनालाई साङ्गीतिक मनोञ्जन दिने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजक ‘स्काई भ्यु रिसोर्ट’का सञ्चालक रामबहादुर कुँवरले बताएका छन् ।

‘पछिल्लो समय हामी नेपालीले पनि अङ्ग्रेजी न्यु इयर भव्य रुपमा मनाउन थालेका छौ’ कुँवरले भने, ‘अङग्रेजी न्यु इयर’ भएपनि नेपाली कला संस्कृतिसँग मनाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो ।’ कार्यक्रममा नेपाली लोक गीत सङ्गीतमा गायक गायिकासँगै नाच्ने र गाउने अवसर समेत दर्शकले पाउने आयोजकले बताएका छन् ।


उक्त साङ्गीतिक कार्यक्रमको संयोजन स्वीकृति इभेण्ट प्रालिले गरेको छ भने स्काई पार्टी प्यालेस सामाखुसी, भूगर्भ सिमेन्ट, सानिमा इन्सुरेन्स, कान्तिपुर डेन्टल अस्पताल, गरिमा विकाश बैंक, बजाजको आधिकारिक बिक्रेता स्टार अटो इन्टरप्राइजेश, स्टार अटो केयर, होटल टिकटक नयाँ बसपार्क, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सहकार्य गर्ने भएका छन् ।