काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालो लागेको छ । आज मङ्गलबार बिहान २५२३ दशमलब ८७ बिन्दुबाट सुरु भएको बजार कारोबार ० दशमलब ११ प्रतिशतले घटेर २५१८ दशमलब ९९ बिन्दुमा पुगेर बन्द भएको हो ।

बजार घटेसँगै सेन्सेभि इन्डेक्स पनि ० दशमलब ९१ अङ्कले घटेर ४७० दशमलब ९८ बिन्दु कायम भएको छ । आज कारोबारमा आएका २३० कम्पनीको ५८ लाख २८ हजारभन्दा बढी कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भयो ।

१३ वटा समूहमध्ये ६ समूहको सूचक बढेको छ भने ७ समूहको घटेको छ । निर्माण र उत्पादन समूहको सूचक सर्वाधिक २ दशमलब ०७ प्रतिशतले बृद्धि हुँदा माइक्रोफाइनान्स समूहको सूचक ० दशमलब ५४ प्रतिशतले घटेको छ ।

मङ्गलबार ८८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।आज सर्वाधिक कमाउनेमा मध्य–भोटेकोशी जनविद्युत् कम्पनीका लगानीकर्ता रहेका छन् ।

यस्तै कारोबारका आधारमा हेर्ने हो भने सर्वाधिक शेयर कारोबार हिमालयन डिस्टिलरिको भएको छ । यस कम्पनीको २६ करोड ३९ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री हुँदा शेयर मूल्य प्रतिकित्ता ६ हजार ९ सय १८ रुपैयाँ कायम भएको छ ।