काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ३६ जनामा पीसीआर विधिबाट र ४ हजार ३० जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मङ्गलबार २ सय ६० जना कोरोना भाइरसको सङ्क्रमणबा मुक्त भएका छन् भने हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय १२, भक्तपुरमा ८ र ललितपुरमा २९ जना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।