फाइल तस्वीर ।
काठमाडौँ – बङ्गलादेशको ढाकामा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि नेपाली राष्ट्रिय महिला भलिबल टिमले चुम्न सफल भएकोे छ । नेपालले सबै छ वटा खेलमा कुनैपनि हार नव्यहोरी उक्त उपाधि जित्न सफल भएको हो ।

बंगलादेशको राजधानी ढाकामा आज मङ्गलबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ ले जितेको नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तर तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले उज्वेकिस्तानमाथि २५–१५ को जित निकाल्दा चौंथो सेट उज्वेकिस्तानको पोल्टामा पुग्यो । समान दुई/दुई जितले खेलको निर्णय पाचौँ सेटमा पुग्यो । पाचौं सेट उज्वेकिस्तानमाथि नेपालले १५–११ को जित निकाल्दै उपाधि रक्षा गर्न सफल भयो ।
अघिल्लो संस्करणमा माल्दिभ्सलाई सोझो सेटमा पाखा लगाएर नेपालले महिला भलिबलमा अन्तर्राष्ट्रिय उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।