प्रतिकात्मक तस्वीर
काठमाडौं – राजधानी प्रवेश गर्नेमुख्य प्रवेशद्वार नागढुङ्गा चेकपोष्टबाट लागु औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई सुरक्षा जाँच गर्नेक्रममा प्रहरीले शङ्कालागि खानतलासी गर्दा लागु औषध भेटिएपछि गिरफ्तार गरिएको हो ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८७०० नं. को यात्रु बाहक बसलाई प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा नन्दन गाँउपालिका वडा ३ बस्ने २९ वर्षीय राजुराम अवध जैसवाल र सोही ठाउँ बस्ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् ।

उनीहरुले बसको बी साइडको १२÷१३ नम्बरको सिटमा कालो रङ्गको झोलाभित्र लागु औषध लुकाएर ल्याएको १६० एम्पुल डाईजापम, १६० एम्पुल नुफिन र १६० एम्पुल फेनरागन प्रहरीले बरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।