काठमाडौं– नेपालमा गएको २४ घण्टामा नौं हजार एक सय ५७ जनाको पीसीआर र एक हजार सय सय २९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिको मृत्यु भएको छ ।


यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८६ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये सोमबार दुई सय २५ जना सङ्क्रमत मुक्त भएका छन् भने हाल मुलुकभर चार हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।