काठमाडौं– साताको दोस्रो दिन आज पहेलो धातुको मूल्य पुनः उकालो लागेको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एकसय रुपैयाँमा कारोबार भएकोमा सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार दुईसय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ ।


नेपालमा सुनको मूल्य विवाह, वर्तबन्ध, पास्नी जस्ता विशेष अवसरमा विक्री हुन्छन् । मूल्य जति नै वृद्धिभए पनि बजारमा सुन किन्ने ग्राहकहरुको ठूलै लर्को देख्न सकिन्छ । तर सुन व्यापारीहरु भने खासै कारोबार नभएको बताउँछन् ।


सोमबार बजार खुल्दा सुनको मूल्य बढेता पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासङ्घका अनुसार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो ।