नयाँ दिल्ली – नयाँ दिल्लीमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २ सय ९० नयाँ सङ्क्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो । दिल्लीमा सक्रिय सङ्क्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट सङ्क्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।