काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ सय १९ जना व्यक्तिहरु सङ्क्रमण भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षण ७ हजार १ सय ८० जनाको पीसीआर विधि र २ हजार ४ सय ९७ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले जनाए अनुसार आइतबार कोरोना भाइरसबाट सङक्रमित भएकामध्ये दुई मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८५ जना पुगेको छ । मन्त्रालयका अनुसार २ सय ८३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


यसैगरी काडमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७७ जना, ललितपुरमा २८ जना र भक्तपुरमा ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।