बेइजिङ – उत्तरपूर्व चीनको जिलिनमा सरकारले विवाहित जोडीलाई बच्चा जन्माएमा २ लाख युआनसम्म ऋण दिने बताएको छ । घट्दो जनसङ्ख्याको समाधान गर्न अन्य जिल्लाहरु जस्तैगरी त्यहाँको सरकारले पनि आफ्नै तरिका अपनाएको हो । त्यस्तै सानो व्यवसाय गर्ने जोडीहरुले दुईदेखि तीनवटा छोराछोरी पाएमा उनीहरुलाई कर तिर्नमा समेत छुट दिने जिलिन सरकारले बताएको छ ।

जिलिन सहित चीनका तीन जिल्लाहरुमा जनसङ्ख्या सम्बन्धी सबैभन्दा ठूलो समस्या रहेको छ । २०२० मा त्यस क्षेत्रमा २०१० को तुलनामा जनसङ्ख्या १० दशमलव ३ प्रतिशतले घटेको हो । यसमा पनि जिलिनको जनसङ्ख्या २०१० भन्दा १२ दशमलव ७ प्रतिशतले कम भएको पाइएको छ ।

जनगणनाको डाटा प्राप्त भएपछि यसले चीनलाई धनी हुनु अगाडि नै बूढो बनाइदिने गम्भीर चिन्ता उत्पन्न भएको थियो । यसकारण पनि सरकारले जनसङ्ख्या वृद्धिका लागि विशेष नीतिहरु सुरु गरिरहेको छ । जस्तै जिलिनमा सुत्केरी बिदालाई समेत बढाएर ९८ दिनबाट १ सय ८० दिन पुर्याइएको छ भने बुवा बनेकाहरुलाई समेत पत्नी र बच्चाको ख्याल राख्न २५ दिनको बिदा थपिएको छ । एजेन्सी