फाइल तस्वीर
काठमाडौं – मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । खेल सकिने अन्तिम समयमा राष्ट्रिय टोलीका खेलाडी सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलमा परिणत भएपछि मछिन्द्र क्लब मनाङलाई हराउन सफल भएको हो ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलको इन्जुरी समयमा सुनिलले निर्णायक गोलसँगै आफ्नो टिमलाई महत्वपूर्ण ३ अङ्क दिलाउन सफल भए । यो जितसँगै मछिन्द्र ६ खेलबाट १४ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट १३ अङ्कमा चित्त बुझाउँदै दोस्रो स्थानमा रहेको छ ।

आज पराजय भोगेको मनाङले अब सातौं चरणमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्ने छन् । सातौं चरणमा शीर्ष स्थानमा रहने टिम एएफसी कपका लागि छनोट हुनेछ ।