काठमाडौं— नेपालभर गरी पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा शुक्रबार १ जना सक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८२ पुगेको छ ।


शुक्रबार कोरोना भाइरसबाट सङ्मित भएकामध्ये ३४९ जना मुक्त भएका छन् । देशभर हाल ५ हजार ४८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा १ सय ५१ जना कोरोना भाइरसका नयाँ सङ्मक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ६ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा १० जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ३४९ जना कोरोना सङक्रमणबाट मुक्त भएका छन् ।