काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१० को पीसीआर विधि तथा २ हजार ११६ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभइको परीक्षण भएको थियो ।
आज मृत्यु भएको सङ्ख्या समेत गरी अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमण निको नभएर सङ्ख्या ११ हजार ५ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये निको भै आज बिहीबार २६३ जना घर फर्किएका छन् । हाल देशभर कोरोना भाइरसका ५ हजार १६१ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका छन् ।