काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका छन् । हाल उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९२४ जना रहेको छ ।

अहिले देशभर चार हजार ९१० जना होम आइसोलेसनमा र २५१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । अस्पतालमा उपचाररतमध्ये ९६ जना आईसीयू तथा २२ जना भेन्टिलेटरमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उल्लेख गरेको छ ।