पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोक्किएको थियो । ट्रक चालकलाई प्रहरीचौकी नौडाँडाले नियन्त्रणमा लिएको छ ।