मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् ।

सुराकीको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीचौकी सालु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो खपटा बरामद गरेको हो । उक्त सालकको खपटा बेच्नको लागि उनीहरुले घरमा लुकाएर राखेको बुझिएको छ । आरोपीहरुलाई आवश्यक कारवाहीका लागि प्रहरीले चिसापानी सबडिभिजन बन कार्यालय मन्थलीको जिम्मा लगाएको छ ।