काठमाडौं – नेपालमा फेरि एक जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ती वृद्ध होम आइसोलेसनमा नै छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको बताइएको छ । यसअघि मङ्सिर १९ गते दुईजनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मङ्सिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।

अहिले नेपालमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।