काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७९ पुगेको छ ।

आज बुधबार २ सय ७२ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार १८५ सक्रिय सङ्क्रमित रहेका छन् ।