काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला केही दिनयता नेपालमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।