मकवानपुर – बागमती प्रदेशसभाको नवौं अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि कार्यसूचीका विषयमा छलफल गर्न साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।


मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक आज बस्न लागेको हो । बागमती प्रदेशमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित गठबन्धन दलको मिलिजुली सरकार छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता समेत हुन् ।


प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई र विवेकशील साझाका तीन गरी कुल १०९ सांसद छन् ।