काठमाडौं – अघिल्लो हप्ता माध्यमिक विद्यालय शिक्षकको विज्ञापन माग गरेको शिक्षक सेवा आयोगले आज बुधबार निम्न माध्यमिक शिक्षकको लागि विज्ञापन प्रकाशित गरेको छ । प्रादेशिक रुपमा देशभरीका लागि करिब २६ सय शिक्षक माग गरेको छ । गत हप्ता मावि शिक्षकको लागि विज्ञापन माग भएको थियो ।


निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ ।
शिक्षक सेवा आयोगले तीनै तहको शिक्षक माग गर्ने बताए अनुसार मावि र निमाविको विज्ञापन प्रकाशित भैसकेको छ । अब प्राथमिक विद्यालयका शिक्षकको विज्ञापन प्रकाशित गर्ने तयारी आयोगले गरेको छ ।