काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ६ सय १६ एन्टिजेन परीक्षण विधिबाट कोरोना परिक्षण गरिएकोमा उक्त सङ्ख्यामा भएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना भाइरसबाट सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । नेपालमा यो तथ्याङ्कसँगै हालसम्म देशभर कोरोना भाइरसको सङ्क्रमबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७७ पुगेको छ ।
आज मङ्गलबार २ सय ३२ जना कोरोना सङक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ५ हजार २४२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा आज १४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ९० जना, ललितपुरका ३८ जना र भक्तपुरका १८ जना रहेका छन् ।