टोकियो – जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो । विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई मृत्युदण्ड दिने प्रचलन कायम छ । कानुन मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै जापानी संचार माध्यमले तीन जनालाई मृत्युदण्ड दिइएको बताएका छन् ।

जापानमा एक सय भन्दा बढी व्यक्ति मृत्युदण्डको सजायको पर्खाइमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरबाट मृत्युदण्डका बारेमा तिखो आलोचना भइरहे पनि जापान भित्रै भने आमजनमत भने मृत्युदण्डको पक्षमा रहेको छ । यसअघि सन् २०१९ मा पनि तीन जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०१८ मा १५ जनाले यस्तो सजाय पाएका थिए जसमा सन् १९९५ को ग्यास आक्रमणका १३ जना दोषी पनि थिए ।

जापानमा लामो कानुनी सुनुवाई पश्चात मृत्युदण्ड दिने प्रचलन रहेको र मृत्युदण्ड दिँदा झुण्ड्याएर सजाय दिने गरिएको छ । एएफपी