काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८ सय रुपैयाँले नै घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको छ । यता चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।