काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १ सय ६२ र गौतमले ८६ मत प्राप्त गर्नुभएको थियो ।

यसै गरी उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी निर्वाचित हुनु भएको छ । सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा सङ्गिता भट्टराई निर्वाचित हुनुभएको छ ।

No description available.