काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ पीसीआर तथा १ हजार ४ सय १६ एन्टिजेन परीक्षण गर्दा २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ८९, ललितपुरका ३३ तथा भक्तपुरका ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ ।
आज २ सय ६३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५ हजार २ सय २५ सक्रिय सङ्क्रमित रहेका छन् ।