काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर विधिबाट चार हजार आठ सय ३१ जना र एन्टिजेन विधिबाट ५ हजार ४१ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७३ पुगेको छ । आइतबार दुई सय ८९ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा पाँच हजार दुई सय ७१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।