आईएनए – मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार भएको इराकी समाचार एजेन्सीले जनाएको छ ।

एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C–RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पु¥याएको एजेन्सीले जनाएको छ ।

आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ । केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन् ।