काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सावधिक बिमा योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । बिमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यो बीमालेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्तगर्ने बीमाङ्क रकम र वोनस आर्जित हुने जनाइएको छ ।

आयश्रोत अनुसार ५० हजार देखि माथिसम्मको बीमागर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनसप्राप्त हुने कम्पनीले जनाएको छ ।