काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।