काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।