सिन्ह्वा – जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन् ।

जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताइएको छ ।