काठमाडौं – नेपाली बजारमा पहेँलो धातुको मूल्य आकाशिएको छ । हिजो प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले वृद्धि भएर एक हजार २ सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।