पाकिस्तान– घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजविरुद्धको २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप गरेको छ ।

उक्त खेलमा पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन जोडेको थियो । वेस्ट इण्डिजका कप्तान तथा विकेटकिपर निकोलास पुरानले ६४, सम्राह ब्रुक्सले ४९ र ब्रेन्डन किङले ४३ रन बनाएका थिए ।

लक्ष्य सहजै पुरा गर्ने क्रममा पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ८७ र कप्तान बाबर आजमले ७९ रन जोडे। रिजवान र आजमले पहिलो विकेटका लागि १५.१ ओभरमा एक सय ५८ रनको साझेदारी गरेका थिए । प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज दुवैमा रिजवान घोषित भए ।