बीबीसी – अमेरिकी अभिनेता क्रिस नोथमाथि यौन उत्पीडनको आरोप लागेको छ । बीबीसीका अनुसार सन् २००४ र २०१५ मा क्रिसले बलात्कार गरेको आरोप दुई महिलाले लगाएका हुन् । उनीहरूले कथित बलात्कारको विवरणहरू हलिउड रिपोर्टरहरूलाई दिएका छन् । समाचारमा उनीहरूको परिवर्तित नाम जोए र लिली उल्लेख छ । द म्यागेजिनका अनुसार ती महिला एकअर्काप्रति अपरिचित छन् । तर, ६७ वर्षे क्रिसले भेटघाट तथा गतिविधि सहमतिमै भएको दाबी गरेका छन् । र, आफूमाथि लगाइएको आरोप इन्कार गरेका छन् ।

जोए अहिले ४० वर्षकी भइन् । उनको दाबीअनुसार आफू २२ वर्षकी हुँदा सन् २००४ मा क्रिसले एक अपार्टमेन्टमा बलात्कार गरेका थिए । ३१ वर्षकी लिली चाहिँ सन् २०१५ मा न्युयोर्कस्थित आफ्नो ग्रिनविच भिलेज अपार्टमेन्टमा बलात्कृत भएकी थिइन् । त्यो बेला उनी २५ वर्षकी थिइन् । क्रिस ६० वर्षका थिए ।

पत्रकार किम मास्टर्सको विस्तृत लेखमा जोएसँग सम्बन्धित मान्छेहरूको पनि अन्तर्वार्ताहरू छन्, जस्तो कि जोएका रोजगारदाता, बलात्कार उपचार केन्द्र । उनीहरूले उपलब्ध गराएको विवरणहरूले महिलाको दाबीलाई स्वीकार गरेका बीबीसीले लेखेको छ । लेखमा कथित आक्रमणका बेला लिली र र क्रिसबीचको टेक्स्ट मेसेजसमेत समावेश छ । क्रिस नोथो ‘ल एण्ड अर्डर’ र सेक्स एण्ड द सिटी’ मा मुख्य भूमिकालाई लिएर चर्चित छन् ।