काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ६७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । त्यसैगरी नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको छ भने ८ लाख ८ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ५ सय २६ जना रहेका छन् । जसमध्ये ५ हजार २ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय ११ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।