काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त हुनुभएको छ । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसक्नुभएका डा.भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रवक्ता भट्टले आजदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका डा.भट्ट हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहनुहुन्छ ।