काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएर तोलामा एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।