काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ९४ वटा नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६५ पुगेको छ ।

त्यस्तै आज ३ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।